फाउन्डेसन दियो नेपाल र स्याल मेट फेरहालले रसुवाको भोटेकोशी नगदीमा आएको बाढीका कारण पीतिड जुडोकर्मीलगायतलाई मंगलबार राहत वितरण प्रदान गरेको छ।
पीडित जुडो खेलाडी र उनका परिवार तथा अन्य पीडित गरी करिब २ सयलाई जनही १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको दियो नेपालले जनाएको छ । रसुवाको उत्तरगया ५ स्थित बेत्रावती र विदुर १०, नुवाकोटका पीडितलाई राहत प्रदान गरिएको हो । वितरण गरिएका राहत सामाग्रीमा खाद्यान्न, चुलो, भाडाकुडा, साबुन, मञ्जन, ब्रसलगायत छन् । सामान लान ढुवानी खर्च पनि प्रदान गरिएको थियो ।
काठमाडौं महानगरपालिका वडा १६ की अध्यक्ष रोजिना श्रेष्ठ, फाउन्डेसन दियो नेपालका अधयक्ष शिवहरि सापकोटा, स्याल मेट फेरहालकी प्रतिनिधि इल्स सापकोटालगायतले बालाजुस्थित आरुणी स्कुलमा राहत वितरण गरे ।
बन्दी सहायता नियोग (पाम) का कार्यकारी निर्देशक एवं जुडोका प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठका अनुसार बाढीबाट हालसम्म जानकारीमा आए अनुसार जुडोका करिब ७० परिवार प्रभावित भएका छन् । श्रेष्ठले खेलाडीसहित पीडित अन्य परिवारलाई सहयोग गरेकोमा दियो नेपाल र फेरहाललाई धन्यवाद दिए ।