विश्व बुद्धिचाल महासंघ(फिडे)को नियमित कार्यक्रम उज्वेकिस्तानमा सुरु ४६ औं चेस ओलम्पियाडमा नेपालका आशिष फुयाँलले आफू भन्दा उच्च वरियता प्राप्त डेनमार्कका ओल्सेन फिलिप बोएसँग बराबरी गरेका छन्।
यता पुरुषोत्तम सिलवाल सोन्दरगार्ड जेस्पर थाईबोसँग तथा रुपेश जैसवालले एण्डरसन माड्ससँग हार ब्यहोर्न पुगे ।
यस्तै नेपालका २०३८ रेटेड सिएम सुश्रुत दहाल २४७८ रेटेड जिएम बिजोर्न मोलेर ओच्नेरसँग हार ब्यहोरे सँगै १२७ औं वरियताका नेपालले २५ औं वरियता प्राप्त डेनमार्क सँग ०.५ - ३.५ अंकको आधारमा पराजित भएका छन् ।
यसैगरी नेपाली महिला टोलीले प्रतिस्पर्धाको पहिलो चरणमा चेक रिपब्लिक सँग ४-० अंकले हार सामना गरेका छन्। नेपाल भन्दा उच्च रेटेड प्राप्त चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्ने क्रममा नेपालका १६४४ रेटेड एञ्जल महर्जनले २१९४ रेटेड डब्लूआईएम नतासा रिचटेरोभासँग हार्न बाध्य भइन्।
यस्तै १६८२ रेटेड पूजा भण्डारीले २१४९ रेटेड डब्लूएफएम अन्ना ल्होत्स्कासँग, १५७५ रेटेड निहाना श्रेष्ठले २०८८ रेटेड डब्लूएफएम लुसि रिबाकोभासँग हारिन्। अनुभवी पूर्व ओमन नेशनल च्याम्पियन १५६५ रेटेड सिन्दिरा जोशीले २१२५ रेटेड डब्लूजिएम तेरेजा रोडस्टाइनसँग हार सामना गरेका छन्।
नेपाली पुरुष राष्ट्रिय टिमको क्याप्टेन काजकिस्तानका अन्तर्राष्ट्रिय प्रशिक्षक आईएम किरिल कुदेरिनोभ तथा महिला राष्ट्रिय टिमका क्याप्टेन फिडे मास्टर रिजेन्द्र राजभण्डारी आफ्नो जिम्मेवारीमा छन्। ४६ औं चेस ओलम्पियाडमा ४०० टिमले सहभागी जनाएका छन् । जसमा खुल्ला समूहमा २०३ राष्ट्रिय तथा महिलामा १८७ राष्ट्रिय टोलीहरु समावेश छन्।
१२७ औं वरियता प्राप्त नेपाली पुरुष तर्फ दोस्रो चरणको खेल १७९ कोमोरोस आइसल्याण्ड सँग तथा १३१ औं वरियता प्राप्त नेपाली महिला टोलीले १७७ औं वरियताको अफगानिस्तान सँग प्रतिस्पर्धा गर्ने छन्। ओपन समूहमा शीर्ष वरियताका टोलीहरु अमेरिका औसत रेटिङ २७५३, भारत २७३५, उज्बेकिस्ताज २७२०, चिन २७०७, जर्मनी २६७७ रेटिङ्गमा छन्।
महिला तर्फको दाबेदार औसत नेपालका अन्तर्राष्ट्रिय आर्विटर आईए निरञ्जन प्रजापतिले पहिलो पटक ओलम्पियाडको शीर्ष महिला प्रतिस्पर्धामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। प्रतिस्पर्धा ११ चरणको स्वीस सिस्टम टिम अनुसार सञ्चालन हुनेछ भने नेपाली टोलीका राजन सुवेदी र कृतिसरा अधिकारीलाई आजको खेलमा विश्राम दिइएको छ।