जुन १६, २०२६ को दिन फुटबल इतिहासमा एउटा सुनौलो अक्षरले लेखिने दिन बनेको छ।
अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकप फुटबल २०२६ अन्तर्गत अल्जेरिया विरुद्ध ह्याट्रिक गर्दै आफ्नो नाममा अर्को एउटा ठूलो उपलब्धि थपेका छन्। उनी पुरुष फुटबलको इतिहासमा ५ वटा फरक-फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।
यसअघि यो दुर्लभ कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा मात्र थियो। अब मेस्सीले पनि रोनाल्डोको सोही रेकर्ड बराबरी गरेका छन्।
मेसीका लागि यो उपलब्धि झन् विशेष छ किनभने उनले ठ्याक्कै २० वर्षअघि (१६ जुन २००६) सर्बिया र मोन्टेनेग्रो विरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरेका थिए। आफ्नो पहिलो गोल गरेको ठ्याक्कै २० वर्ष पुगेकै दिन मेस्सीले ५ वटा विश्वकपमा गोल गर्ने रेकर्ड बनाएका हुन्।
रोनाल्डोले सन् २०२२ को कतार विश्वकपमा घाना विरुद्ध गोल गर्दै ५ वटा विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीको इतिहास रचेका थिए। उनले २००६, २०१०, २०१४, २०१८ र २०२२ का विश्वकपमा गोल गरेका छन्। उनको विश्वकपमा कुल ८ गोल छ।
मेसीले सन् २००६, २०१४, २०१८, २०२२ र अहिले २०२६ को विश्वकपमा गोल गरेर रोनाल्डोको बराबरी गरेका हुन्। (मेसीले २०१० को विश्वकपमा भने गोल गर्न सकेका थिएनन्)। तर गोल सङ्ख्यामा भने मेसी (१६ गोल) रोनाल्डोभन्दा निकै अगाडि छन्।
मेसीले रेकर्ड बराबरी गरेपछि अब सबैको नजर क्रिस्टियानो रोनाल्डोमा छ। पोर्चुगलले बुधबार राति कंगो विरुद्ध खेल्दै छ। यदि रोनाल्डोले सो खेलमा गोल गरेमा उनी ६ वटा फरक विश्वकपमा गोल गर्ने संसारकै पहिलो खेलाडी बनेर मेस्सीलाई पुनः पछि पार्नेछन्।