नेपाल स्टक एक्सचेन्जको (नेप्से) आज सामान्य सुधार देखिएको छ।
नेप्से आज २.४० अंकले बढेर ११३४.७९ अंकमा पुगेको छ। यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटी सुचक पनि ०।५० अंकले बढेर २४८.४९ अंकमा पुगेको छ।
१ सय ५५ कम्पनीको कारोबार भएको मंगलबार दिनभरीमा ६ लाख ४५ हजार कित्ता शेयर खरिद बिक्री हुँदा १६ करोड ५२ लाख ९६ हजारको कारोबार भयो।
नेप्से सुचकमा सामान्य सुधार देखिए पनि उपसुचकहरु भने मिश्रीत देखिएका छन्।
आज सबैभन्दा बढी जीवन बीमाको शेयर १९.०६ अंकले बढ्यो।
त्यस्तै उत्पादन उपसुचको शेयर ९.४५, बैंकको ४.४५, विकास बैंक १.६२, जलविद्युत १.३७ तथा माइक्रोफाइनान्स १।२७ अंकले बढ्यो भने बाँकी सबै उपसुचकहरु घटे।
मंगलबार सबैभन्दा धेरै निर्जीवन बीमाको शेयर १७.७१, होटलको शेयर ७.९९ अंकले तथा अन्य उपसुचकको शेयर ३.४३ अंकले घट्यो।
आज सबैभन्दा बढी कारोबार नबिल बैंकको शेयर कारोबार भयो। नबिल बैंकको शेयर १ करोड ३२ लाख २३ हजारको कारोबार भयो भने दोस्रोमा प्रभु बैंकको शेयर १ करोड ३ लाख १५ हजारको शेयर लगानी भयो।
यस्तै, आज सबैभन्दा बढी लक्ष्मी इक्वीटी फन्डका लगानीकर्ताले कमाए।