काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्।
नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्।
३६६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।
यसको संक्रमणबाट २ को मृत्यु भएको छ।