दीपक मिश्रा र अरूण कुमारको निर्देशनमा बलिउड फिल्म 'वन- फोर्स अफ द फरेस्ट' बन्ने भएको छ।
बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरेका हुन्। फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री तमन्ना भाटियाको मुख्य भूमिका रहनेछ।
यो फिल्म इतिहास र लोक कथामा आधारित हुनेछ। फिल्मलाई एकता कपूरले निर्माण गर्नेछिन्।
तमन्नालाई स्वागत गर्दै एकताले लेखेकी छन्, 'तमन्ना भाटियालाई यस शक्तिशाली कथामा स्वागत गर्न पाउँदा खुशी लागेको छ।'
यो फिल्ममा सिद्धार्थ र तमन्ना पहिलो पटक एकसाथ काम गर्दैछन्। उनीहरूको जोडीलाई पर्दामा हेर्न दर्शक उत्साहित छन्। यसैवर्ष यो फिल्म छायांकनमा जाने तयारीमा छ।
यो फिल्म २०२६ मा हलमा प्रदर्शन हुनेछ।