डेविड धवन निर्देशित फिल्म 'मुझसे शादी करोगी' को सिक्वेल बन्ने भएको छ।
सन् २००४ मा रिलिज भएको फिल्ममा सलमान खान, अक्षय कुमार र प्रियंका चोपडाको मुख्य भूमिका थियो। तर यस फिल्मको सिक्वेलमा सलमान र अक्षयको ठाउँमा नयाँ कलाकारलाई लिने योजना रहेको बताइएको छ।
भारतीय सञ्चारमाध्यम मिड डेका अनुसार साजिद नाडियाडवाला र डेविड धवनले 'मुझसे शादी करोगी २' को काम सुरू गरिसकेका छन्।
'फिल्मका निर्माता साजिद नाडियाडवाला फिल्मको सिक्वेल बनाउन निकै उत्साहित छन्, तर एक ट्विस्टका साथ। मुझसे शादी करोगीको सिक्वेलमा उनी वरूण धवन र कार्तिक आर्यनलाई लिने योजनामा छन्,' एक स्रोतले भारतीय सञ्चारमाध्यमलाई भनेका छन्।
निर्माण टिमको यो फिल्म सन् २०२६ सम्म रिलिज गर्ने योजना छ।