बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खान यतिबेला चर्चामा आएका छन्।
उनी खुलेर आफ्नो भावना फ्यानसामु राख्छन्। तर पछिल्लो भिडिओले उनका फ्यान चिन्तित भएका छन्।
उनले आफ्नो इस्टाग्राम स्टोरीमा एक भिडिओ सेयर गर्दै बलिउड कलाकारमाथि खनिएका छन्।
'म तपाईहरूलाई यति भन्न चाहन्छु कि शनाया कपूर, अनन्या पाण्डे, अर्जुन कपूर, सिद्धान्त चतुर्वेदी, राघव जुयाल, आदर्श गौरव र अरिजीत सिंह जस्ता थुप्रै कलाकारको नाम छ। बलिउडमा निकै खराब छन्। उनीहरू निकै रूड छन्,' उनले भनेका छन्।
यतिबेला बाबिलको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनका फ्यानले उनको मेन्टल हेल्थको लिएर चिन्ता जताइरहेका छन्।
केही समयअघि इरफानकी श्रीमती सुतापाले बाबिल डिप्रेशनसँग लडिरहेको बताएकी थिइन्।