दक्षिण भारतीय अभिनेत्री लावण्या त्रिपाठी र अभिनेता वरूण तेज आमाबुबा बन्ने भएका छन्।
अभिनेता वरूणले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन्। 'जिन्दगीको अब सबैभन्दा राम्रो भूमिका। छिट्टै आउँछ,' उनले लेखेका छन्।
यस खबर सार्वजनिक भएसँगै उनीहरूलाई बधाईको ओहिरो लागेको छ।
वरूण तेज र लावण्या त्रिपाठीले १ नोभेम्बर २०२३ मा विवाह गरेका थिए। उनीहरूले लामो समय एक-अर्कालाई डेट गरेपछि विवाह गरेका हुन्।