बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'रेड २' ले बक्स अफिसमा सुखद कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले पाँच दिनमा ७९ करोड भारू कमाएको छ। फिल्मले विश्वभरबाट १०० करोड भारूबढी कमाएको छ।
यो फिल्मको बजेट ४८ करोड बताइएको छ।
राजकुमार गुप्ताले निर्देशन गरेको फिल्म अजय देवगन, रितेश देशमुख, वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डनलगायत कलाकारको अभिनय छ।
यो सन् २०१८ मा आएको फिल्म 'रेड' को सिक्वेल हो।