भारतीय निर्देशक तथा निर्माता करण जोहरले सन् २०१९ मा 'दोस्ताना २' को घोषणा गरेका थिए।
यस फिल्ममा कार्तिक आर्यन, लक्ष्य लालवानी, जान्हवी कपूर र अभिषेक बनर्जी देखिने बताइएको थियो। छायांकनको केही समयपछि करण जोहरले फेरि कास्टिङ गर्ने बताएका थिए। किनकी आर्यनले फिल्म छाडेका थिए।
कार्तिकले निर्माण टिमसँग प्रोफेशनल झगडाको कारण फिल्म छाडेका थिए। ६ वर्षपछि 'दोस्ताना २' को तयारी सुरू भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार कार्तिक आर्यनको ठाउँमा विक्रान्त मासेलाई अनुबन्ध गराइएको छ।
त्यस्तै फिल्मबाट अभिनेत्री जाहन्वी कपूरको नाम पनि हटाइएको छ। उनको ठाउँमा अभिनेत्री श्रीलीलालाई लिने बताइएको छ। उनले 'पुष्पा २: द रूल' मा डान्स गरेकी थिइन्। लक्ष्य लालवानी भने यथावत् रहनेछन्।
यस फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्नेछन्।