अभिनेता अभिषेक बच्चनले बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन्। तर उनी आफ्नो बुबा अमिताभ बच्चन जति हिट छैनन्।
एक समय अभिषेकको सबै फिल्म लगातार फ्लप भइरहेका थिए, त्यतिबेला उनले अभिनय छोड्ने सोचेका थिए।
'मेरो लगातार फिल्म फ्लप भइरहेका थिए। अचानक मेरो अभिनयलाई लिएर पनि आलोचना सुरू भयो। त्यतिबेला म ठूला-ठूला निर्देशकसँग काम गरिरहेको थिएँ। मनमा यो आशा थियो कि उनीहरू मलाई केही सिकाउँछन् र गलती सुधार्छु। तर केही परिवर्तन भइरहेको थिएन,' उनले भने।
उनले थप्दै भने, 'मैले बुबालाई म अभिनयको लागि बनेको होइन रहेछु भनें। त्यतिबेला मैले अरू केही गर्ने सोच बनाएँ। तर बुबाले मलाई अभिनय छाड्ने होइन, केही सिकेर राम्रो अभिनेता बन भन्ने सल्लाह दिनुभयो। उहाँले जुन फिल्म पाए पनि साइन गर भन्नुभयो। मैले त्यस्तै गरें।'