बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्।
मंगलबार राति १ बजे बेहोस भएपछि उनलाई मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना गरिएको थियो। बुधबार दिउँसो उनी अस्पतालबाट बाहिरिँदै आफ्नो स्वास्थ्यबारे जानकारी दिए। उनले अत्यधिक शारीरिक क्रियाकलापका कारण थकान भएर बेहोस भएको बताए।
गोविन्दाले भने, 'म ठीक छु। मैले कडा व्यायाम गरें। र, त्यसबाट थकान भयो। योग प्राणायाम राम्रो छ। हेभी एक्सरसाइज गर्दा अलिकति गाह्रो हुन्छ।'
गोविन्दाकी पत्नी सुनिता आहुजा खबर पाएलगत्तै पतिलाई भेट्न आएकी थिइन्। यसअघि गोविन्दाका प्रबन्धक शशि सिन्हाले उनलाई कडा टाउको दुखाइ र चक्कर आएको जानकारी दिएका थिए।
अभिनेताका कानूनी सल्लाहकार तथा मित्र ललित बिन्दालले गोविन्दालाई अस्पताल लगेका थिए। गोविन्दाकी पत्नी सुनिता आहुजा विवाहका लागि सहर बाहिर थिइन्।