भारतीय अभिनेत्री यामी गौतम फरक अवतारमा देखिएको फिल्म 'नय्यी नवेली'को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा यामीलाई 'मोहिनी' नामकी नयाँ बुहारीको रहस्यमय भूमिकामा प्रस्तुत गरिएको छ।
ट्रेलरले 'मोहिनी'लाई परिवारका लागि आदर्श बुहारीका रूपमा देखाउँछ। तर उनको व्यवहार र वरिपरि भइरहेका घटनाले उनी वास्तवमै सामान्य बुहारी हुन् कि कुनै रहस्यमय शक्तिसँग जोडिएकी पात्र हुन् भन्ने कौतूहल पैदा गर्छ। फिल्ममा यही रहस्यलाई हास्य र काल्पनिक कथासँग जोडेर प्रस्तुत गरिएको छ।
'नय्यी नवेली'लाई आनन्द एल. राय र हिमांशु शर्माले निर्माण गरेका हुन् भने बालाजी मोहनले निर्देशन गरेका छन्।
फिल्ममा यामीसँगै आदिनाथ एम. कोठारे, अनुराग ठाकुर, सुनीता राजवार, मीता वशिष्ठलगायत कलाकारको अभिनय छ।
फिल्मलाई अक्टोबर १६ अर्थात् असोज ३० गतेदेखि प्रदर्शन गर्ने तयारी छ।