चर्चित गायक सुशान्त केसीले आफ्नो पछिल्लो गीत 'यस्तै रैछ' युट्युबमा सार्वजनिक गरेका छन्। यसअघि 'यस्तै रैछ' शीर्षकमा सर्ट फिल्म ल्याएका उनले सोमबार बेलुका गीत सार्वजनिक गरेका हुन्।
गीतमा सुशान्तले 'शाम्बाला' फेम अभिनेत्री थिन्ले ल्हामोसँग स्क्रिन सेयर गरेका छन्।
सुशान्तकै लेखन, कम्पोज रहेको गीतको भिडिओमा युवायुवतीको वियोगान्त प्रेमकथा देखाइएको छ।
गीतमा गहिरो प्रेमका कुरा गरिएको छ। सर्ट फिल्मको कथा जहाँबाट सकिएको छ, त्यहीबाट गीत सुरू हुन्छ।
कलानी गाकोनको निर्देशनमा गीत बनेको हो भने निर्माता प्रतिक राई हुन्।
सुशान्तको अफिसियल युट्युबमा सार्वजनिक 'यस्तै रैछ' ले राम्रो प्रतिक्रिया पाइरहेको छ।
भिडिओः