लोकप्रिय गायिका प्रविशा अधिकारी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन्।
आमा बन्ने सुखद प्रतीक्षामा रहेकी प्रविशा यतिबेला श्रीमान् निर्माण सिटौलासँग इटालीमा रमाइरहेकी छिन्। उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा त्यहाँको लेक कोमो घुमघामका केही तस्बिरहरू साझा गरेकी छिन्।
केही समयअघि सामाजिक सञ्जालमार्फत गर्भवती रहेको खबर सार्वजनिक गरेकी प्रविशाले सन् २०२७ मा आफूहरू तीन जनाको परिवार बन्न लागेको खुसी साटेकी थिइन्।
श्रीमानसँगका सुन्दर तस्बिर सार्वजनिक गर्दै उनले जीवनको नयाँ अध्याय सुरू हुन लागेको संकेत गरेकी थिइन्।
यतिबेला इटालीको रमणीय वातावरणमा श्रीमानसँग रोमान्टिक पल बिताइरहेकी प्रविशाका तस्बिरले सामाजिक सञ्जालमा चर्चा बटुलेका छन्। उनका तस्बिरलाई प्रशंसकले रूचाउनुका साथै बधाई तथा शुभकामना दिइरहेका छन्।
प्रविशा 'द भ्वाइस अफ नेपाल'मा कोचको भूमिकासमेत निर्वाह गरिसकेकी छन्। उनी सुमधुर स्वरका कारण नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका हुन्।
प्रविशा र निर्माणले २०७८ सालमा विवाह गरेका थिए।