कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।
मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकांक्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।
नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।
मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।
नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।
नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।
नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।
-1782188272.jpg)
-1782188271.jpg)
-1782188271.jpg)
-1782188271.jpg)
-1782188271.jpg)
-1782188271.jpg)
-1782188271.jpg)
-1782188270.jpg)
-1782188270.jpg)