काठमाडौंको मण्डला थिएटरमा नयाँ नेपाली नाटक 'इजलास जारी छ...' को नियमित मञ्चन सुरू भएको छ।
नाटकको निर्देशन गुन्जन दीक्षितले गरेकी हुन् भने यसका मूल लेखक विजय तेंदुलकर र भावानुवाद विजय विष्फोट (जे.बी. देउजा) को रहेको छ।
महिला अधिकार सम्बन्धी जन-जागृतिका लागि कचहरी नाटक प्रदर्शन गर्न हिँडेको एउटा टोलीभित्रको आन्तरिक कथा, असमझदारी र नाटकीय अभ्यासलाई यसले रोचक र मार्मिक ढंगबाट प्रस्तुत गरेको छ।
नाटक हरेक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे थप शोसहित प्रदर्शन भइरहेको छ।
यो नाटक असार १९ गतेदेखि साउन १० गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा प्रदर्शन हुनेछ।
तस्बिरहरू:
-1783334464.jpg)
-1783334463.jpg)
-1783334463.jpg)
-1783334463.jpg)
-1783334462.jpg)
-1783334463.jpg)
-1783334463.jpg)
-1783334462.jpg)
-1783334462.jpg)
-1783334462.jpg)
-1783334462.jpg)
-1783334461.jpg)
-1783334461.jpg)
-1783334462.jpg)
-1783334461.jpg)