काठमाडौं बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक 'मिस मेनुकाः एक संवेदनशील यौनकर्मी' को नियमित मञ्चन भइरहेको छ।
पवित्रा खड्काको निर्देशनमा तयार भएको यो नाटकको मञ्चन गत बुधबारदेखि सुरू भएको हो। नाटक भदौ ६ गतेसम्म साँझ ५ः१५ बजे नियमित मञ्चन हुनेछ।
यो नाटकले समाजमा शक्ति, राजनीति र न्यायबीचको जटिल सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गर्छ। फ्रान्सेली नाटक ला पे रेस्पेक्टुअजको नेपाली रूपान्तरणमा आधारित यो प्रस्तुति नेपाली सामाजिक यथार्थसँग सहज रूपमा जोडिएको छ।
नाटकलाई कल्पना घिमिरे नुरिस्सोंले नेपाली परिवेशअनुसार रूपान्तरण गरेकी हुन्। पवित्रा खड्काको निर्देशनमा तयार भएको यो नाटक मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक प्रश्न उठाउने माध्यम बनेको छ।
नाटककी मुख्य पात्र मेनुकामार्फत सत्यलाई दबाउने सत्ता, निर्दोषमाथि हुने अन्याय तथा लैंगिक र सामाजिक विभेदलाई प्रभावकारी रूपमा मञ्चमा प्रस्तुत गरिएको छ।
सरिता गिरी र घिमिरे युवराजको अभिनय नाटकको मुख्य आकर्षण बनेको छ। अन्य कलाकारले पनि आफ्ना पात्रलाई विश्वसनीय रूपमा प्रस्तुत गरेका छन्। नाटकमा सरिता र घिमिरे युवराजसँगै रूपेश मण्डल, प्रभाकर देव शर्मा, धनराज सुनार र गोविन्द ओलीको अभिनय छ।
१६ वर्षभन्दा माथिका दर्शकलाई लक्षित यो नाटकले अन्त्यसम्म दर्शकलाई सोच्न र प्रश्न गर्न बाध्य बनाउने निर्माणपक्षले जनाएको छ।
नेपाली समाजमा सत्य, न्याय र शक्तिको सम्बन्धबारे बहस सिर्जना गर्ने उद्देश्यका साथ प्रस्तुत गरिएको 'मिस मेनुकाः एक संवेदनशील यौनकर्मी' समकालीन नेपाली रंगमञ्चको उल्लेखनीय प्रस्तुति बनेको दर्शकहरूको भनाइ छ।
तस्विरहरू:-
-1785469754.jpg)
-1785469753.jpg)
-1785469754.jpg)
-1785469754.jpg)
-1785469754.jpg)
-1785469754.jpg)
-1785469753.jpg)
-1785469753.jpg)
-1785469753.jpg)
-1785469753.jpg)
-1785469753.jpg)