काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।
आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन्।
बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०२२ मत धेरै ल्याएका छन्।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०१८ मत पाएकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, ११:४४:००