जापानमा रहेर ५ वर्षदेखि काम गरिरहेको रेड बड ट्राभल्स नेपालले नेपालमा पनि आफ्नो ब्रान्च सुरू गरेको छ।
दरबारमार्गबाट सुरू गरिएको ब्रान्चले जापान, इन्डोनेसिया, माल्दिप्स, युएई लगायतका देश घुमाउनको टुर प्याकेजिङको व्यवस्था रेडबडका सिइओ नारायण रिमालले बताए।
उनका अनुसार कम्पनीले एयर टिकट, ट्राभल्स प्याकेज लगायतका कामहरू गर्छ।
आफूहरूले अस्ट्रेलियामा पनि ट्राभल्स सुरू गरिसकेको र यसै वर्षदेखि युएई र स्पेनमा पनि सुरू गर्ने योजना रहेको उनको भनाइ छ।
'हामीले जापानबाट पनि युरोप, मलेसिया, सिंगापुर लगायतका देशका लागि टुर प्याकेज गराइरहेका छौं। अब जापानिज पर्यटकलाई नेपाल ल्याउनका लागि लाइसेन्सको प्रक्रिया भइरहेको छ,' उनले भने, 'जापानिज पर्यटकलाई नेपाल ल्याउन लाइसेन्स चाहिन्छ। यो अन्तिम चरणमा पुगेको छ।'