अस्ट्रेलियाले भिसा शुल्कमा भारी वृद्धि गरेको छ।
आज (जुलाई १) देखि लागू हुने गरी अस्ट्रेलियाले विभिन्न भिसामा आवेदन शुल्क बढाएको हो।
अब विद्यार्थी भिसाका लागि आवेदन दिँदा २ हजार ५०० अस्ट्रेलियन डलर शुल्क लाग्नेछ।
यसअघि २०२५ मा यो शुल्क २ हजार ४०० डलर थियो भने २०२४ मा १ हजार ६०० डलर थियो।
२०२३ मा भने विद्यार्थी भिसाको शुल्क ७१० डलर मात्र थियो।
पढाइ सकेपछि प्राप्त हुने टेम्पोरेरी ग्र्याजुएट भिसाको शुल्क पनि बढाइएको छ।
२०२६ को मार्चमा मात्रै यो शुल्क ४ हजार ६०० डलर पुर्याइएको थियो। अहिले तीन महिनामै बढाएर ५ हजार ७५० डलर बनाइएको छ।
त्यस्तै, भिजिट भिसाको शुल्क २०० डलरबाट बढाएर २५० डलर पुर्याइएको छ।
अस्ट्रेलियामा बसेर भिजिटर भिसाका लागि आवेदन दिनेहरूले यसअघि ५०० डलर शुल्क तिर्नुपर्थ्यो।
अब यो शुल्क बढाएर ६३० डलर पुर्याइएको छ।