नेपालका किशन भण्डारी उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीमा उपकुलपति बनेका छन्।
यसअघि उनी विश्वविद्यालयको मेडिकल शिक्षातर्फको डीन थिए।
‘मेरो नियुक्ति शनिबार मात्र भएको हो। अब सोमबारदेखि काम सुरु गर्छु। विश्वविद्यालयको गुणस्तर उकास्नेदेखि यसलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्याउने मेरो भूमिका हो,’ उनले भने।
उनका अनुसार विश्वविद्यालयमा मेडिकलसँगै आइटी, बिजनेस र व्यवस्थापनसहित ९० वटा कार्यक्रम छन् भने ३३ हजार विद्यार्थी छन्।
सन् २००९ मा छात्रवृत्तिमार्फत एमबिबिएस पढ्न रुस पुगेका भण्डारीले सन् २०१३ मा एमबिबिएस सकेर मस्कोबाट किर्गिस्तान गए।
किर्गिस्तानको जलालाबादमा रहेको स्टेट मेडिकल इन्स्टिच्युटबाट न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर गरेका उनले केही समय त्यहीँ काम गरे। उनी त्यहाँ सहायक डीनसम्म भए।
तीन वर्षदेखि भने उनी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डीन थिए।
यो पनिः डाक्टर पढ्न रसिया गएका किशन, बने उज्बेकिस्तानी विश्वविद्यालयका डिन