Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, फागुन २५, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सुसाइड नोट

Nmb
Nmb
निर्मल घिमिरे

निर्मल घिमिरे

gibl
gibl
gibl
gibl
निर्मल घिमिरे।
निर्मल घिमिरे।
Tata box 1
Tata box 1

करिब-करिब रातिको साढे १२ जति बजेको होला। बिमला सबै घरधन्दा सकेर टिभी हेर्न लागिन्। टेलिभिजनमा पनि त्यो मध्यरातमा के नै आउथ्यो होला र? तापनि उनीले एकपछि अर्को च्यानल चेन्ज गर्दै रहिन्। तैपनि जुन च्यानल लगाए पनि चित्तै नबुझेपछि दिक्क लागेर रिमोट हुत्याएर कोल्टे फर्किन मात्र के लागेकी थिइन् उनको मोबाइलमा घण्टी बज्यो।

फोन श्रीमान बिमलको थियो। फोन उठाइन्। उताबाट केबल एक वाक्य 'म आज आउदिन कामले बिजी छु' मात्र आवाज आयो अनि फोन कट्यो। उतापट्टि पृष्ठभूमिमा कामुक शैलीमा महिला स्वर 'कम अन बेबी' भनेको सुनिन्छ। बिमलाले कल ब्याक गर्दा तुरन्तै उताको मोबाइल ‘स्वीच अफ’ को संकेत आयो।

जसरी फोन स्विच अफ भयो, ठिक त्यसैगरी उनको मूड पनि अफ भयो। अनि टिभीको पनि। उनी झर्को मान्दै उठ्छिन अनि एक पटक केटाकेटी सुतेको कोठामा जान्छिन् र हेर्छिन् कि छोराछोरी राम्रोसँग सुतेका छन् कि छैनन् भनेर।

सानी छोरीले सिरक राम्रोसँग नओढेकी हुनाले उनको सिरक मिलाईदिन्छिन्। दुबैजना बच्चालाई निधारमा चुम्मन गरेर ढोका विस्तारै ढप्क्याएर साँझमा पकाएको सबै खानाहरु (खसीको मासु, मसला पुलाउ, नेपाली अचार अनि सलाद) फ्रिजमा राखिन् र केही मनमनै भुन्भुनाइन्। 'यदि घिच्न मन थिएन भने पहिल्यै किन नभनेको होला? हुन त यसमा नयाँ खासै के नै कुरा भयो र आज मात्र!

काम त केबल उसले मात्र नै पो गर्छ नि, घरमा त सबै आफ से आफ नै हुन्छ होला नि। हरेक कुरामा एक हद र सीमा हुन्छ नि, कति सहनु पनि, सक्ने जति पो सहन सकिन्छ नि। हदै नाघेपछि त... यति भन्दै आफ्नो कपालको गुजुल्टोको जरामा बेस्सरी अठ्याउछिन् र भुत्भुताउदै जुरुक्क ओच्छ्यानबाट उठेर कलम र कागज तयार पारी सोमा केही लेख्छिन्।

सुसाइड नोट

प्रिय बिमल,

Premier
Premier

मलाई त्यो दिन अहिले पनि याद छ, जुन दिन हाम्रो पहिलो भेट भएको थियो। त्यो कफी सपको सोफामा बसेर तिमीले लजाउदै हेर्दै थियौ जतिबेला म अफिसको मिटिङको लागि गएको थिएँ। मिटिङ सकिएपछि जब म होटलबाट निस्कन लागेको मात्र के थिए, तिमी म छेउ आएर मेरो नाम सोधेको थियौ। सो बेला ममा साह्रै घब्राहट छाएको थियो।

हतार-हतार बाहिर निस्केर ट्याक्सीमा चडेर निस्केको थिएँ। तिमीले त्यो दिन मलाई मेरो अफिससम्म बाइकमा पिछा गरेको थियौ। अनि केही दिनपछि मेरो घर पत्ता लगाएर ‘आशिक’ झै घरसम्म नै पिछा गर्ने गर्थ्यौ। म जता जान्थेँ, तिमीलाई त्यतै पुगिरहेको देख्थेँ। कुनै हिन्दी फिल्ममा देखिने कहानी जस्तो लाग्थ्यो मलाई त्यो पल।

Ncell
Ncell

मेरो नाम पत्ता लगाइ मेरो फेसबूक भित्रको धेरै अगाडिको फोटोलाई समेत ‘लाइक अनि लब रियाक्ट’ गरेर महिनौ पिछा गर्दा मेरो मनमा पनि तिम्रो बारेमा कौतुहलता लागेर आयो अनि विस्तारै मन जित्न थालेउ। त्यसपछि मलाई पनि तिम्रो बारेमा अलि-अलि जान्न मन लग्न लायो र तिमीले धेरै पटक कफी पिउन गरेको आग्रहलाई एकदिन स्वीकार्दाको दिन तिमी कत्ति धेरै खुशी देखिएको थियौ, त्यो म अहिले झलझल्ती सम्झिरहेको छु।

तिम्रो प्रेम प्रस्ताव स्वीकार गरेँ, अनि एक सालपछि बिहे। त्यसरी तीन साल भित्रमा दुई सन्तान। तर अहिले केबल म। हो केबल ‘म’ मात्र अहिले। यी दुई बच्चाका साथ केबल म एक्लै। तिमी कामबाट कतिबेला आउछौ, अनि कतिबेला जान्छौ, न त्यो मसँग सल्लाह हुन्छ न त मलाई थाह नै हुन्छ।

मैले आफ्नो हुँदाखादाको त्यस्तो राम्रो अफिसियल जागिर, तिमीले नै छोडिदेउ भनेकोले छोडेँ। सबै साथीभाइ अनि आफन्त नातेदारसँग नभेट भन्यौ, मैले तोडिदिएँ सबैसँग सम्पर्क। धेरैले बोलाउथे विवाह, पास्नी, ब्रतबन्ध एनिभर्सरी, जन्मोत्सव, फेयरवेल अनि जमघटहरुमा। तर घरमा बच्चा एक्लै हुन्छन् भनेर म सबैलाई टारिदिन्थेँ।


मलाई थाहा नै नदिइ तिमी कयौ दिन घरबाट हराउथ्यौ। कहिले साथीभाइसँग घुम्न हप्तौ जान्थ्यौ, जहिल्यै मिटिङ-मिटिङ अनि अफिसियल काम भन्दै दुई/चार रात घरमै आउदैनौ थियौ। पकाएको खाना कुरेर बसेको र भोलिपल्ट डस्बिनमा फालेको घटना कयौ होला, त्यो मेरो गणनामा हुनै छोडिसक्यो। साढे तीन महिना भएछ छोरीलाई स्कुल पुर्याउन र रासन तरकारी किन्न पसल जाने बाहेक अरु कामका लागि घरको जस्केलो नकटेको।

फेसबुकमा साथीभाइहरुले पति-पत्नी घुमफिर गरेको कति धेरै फोटो अनि हासखेल गरेको कस्ता रमाइला-रमाइला फोटो देख्दा मन कटक्क खादै लाइक गर्दै बस्नु सिवाय अरु अवसर केही पाइनँ मैले। यसो सम्झन्छु, हाम्रो ब्याजीका साथीभाइ मध्य सबैभन्दा बढी रमाइलो गर्ने मान्छे थिएँ म। सबै साथीहरुले भन्थे कि म नगएको दिन कुनै पनि जमघट नरमाइलो हुन्छ।

कति धेरै हास्थ्यौँ हामी अनि रमाइलो पनि। बिहे गरेपछि अनायासै हाँस्न बिर्सेछु मैले। 'आ.... स्वास्नी घरमा छदै छे नि' भनेर ढुक्कका साथ यसरी बेखबर हराउथ्यौ कि घरमा सबै काम आफ से आफ अटोमेटिक सम्पन्न हुन्छ होला नि। फोन गर्दा कम से कम अलि राम्रोसँग रेस्पोन्स त गर्न सकिन्थ्यो होला नि, केवल छोटो दुई शब्द त्यो पनि साह्रै विस्तारै (व्यस्त छु) भन्न नसकिदै फोन काट्थ्यौ।

मध्य रातमा तिमीसँग परस्त्रीको स्वर सुन्दा मेरो मन र मुटु कस्तो भयो होला, त्यो कहिल्यै सोच्न सक्यौ तिमीले?

धेरै पटक यो विषयमा सम्झाउन खोजेँ तर तिमी भन्थ्यौ 'पैसा दराजमा छ, केही कुराको अभाव हुन पाएको छैन घरमा। बाबुनानीहरु अनि आमालाई कुनै कुराको पनि कमी हुन नदिनु।' सबै घर व्यवहारमा मैले सबैलाई आड भरोसा अनि साथ दिएको छु, तर तिमीलाई मेरो प्रश्न छ कि, 'मैले के खोजेको साथ पाएको छु त? के पैसा ले मात्र एक श्रीमतीलाई सबैथोक पुग्छ होला र? श्रीमानको समय आफ्ना लागि अनि घरका लागि श्रीमतीले चाहेकी हुन्न होला र?'

‘नपाउँदा कस्तो न कस्तो, पाए पछि सस्तो’ भन्ने उखान झै व्यवहार गर्यौ है मलाई। मैले मौखिक सम्झाउन खोजेको आजसम्म तिमीलाई हजार चोटीभन्दा बढी भयो होला तर तिमीले मेरो यो गुनसोलाई 'कचकच' को संज्ञा दिन्छौ।

अब त अत्ति भयो बिमल, तसर्थ बरु म यो दुनियाँ नै छोडेर जाने निर्णयमा पुगेँ। मलाई माफ गरिदेउ अनि छोराछोरी अनि आमालाई मेरो मेरो अभाव खड्कन नदिनु है। आफ्नो ख्याल गर्नु, जत्ति व्यस्त भए पनि समयमै खाना खानु अनि सधै खुसी रहनु है।

अल्बिदा!

उही तिम्रो माया अनि साथ पाउन नसकेकी

अभागिनी बिमला।

यति लेख्न साथ उनलाई केटाकेटीको याद आउछ अनि दौडेर उनीहरु सुतेका ठाउँमा पुग्छिन्। सिरक राम्रोसँग ओढाएर अकोहोरो सन्तानहरुको अनुहार हेर्छिन्। आँखाबाट तप्प आँसु झार्दै पुनः त्यो सुसाइड नोट निर पुगी केही बेर टोलाएर सोचमग्न हुँदै कापीबाट सो नोट स्वाट्ट च्यातेर डल्लो पारी डस्बिनमा मिल्काउदै चित्कारिदै कराउछिन् 'नारीलाई त मर्न पनि छुट छैन यो भवसागरमा, यो सारा बन्धनले। यदि म नै रहिन भने यी लालाबाला हरुको हालत के होला' भन्दै भक्कानिन्छिन्।

उनले यी र यस्ता चिठ्ठी लेख्दै मिल्काएको दुई दर्जन पटक जति नाघिसकेको थियो सायद। मध्यरातमा जब मनमा विरक्त लाग्थ्यो अनि आत्महत्या गर्ने निर्णयमा पुग्थिन्। लालाबाला, घर व्यवहार अनि श्रीमान एक्लो हुन्छन् फेरि भनेर त्यो पन्ना च्यातेर फालिदिन्थिन्। प्रत्येक दिन उनले ‘आफ्नो आफैले गर्ने हत्या’ जितेर बसेको पनि आज महिनौ भईसकेको थियो।

भोलिपल्ट सदा झैँ उनी त्यस दिन सासूआमा अनि छोराछोरीलाई खाना खुवाइ बाबुनानीलाई स्कूल पुर्याउन गएकी थिइन। आउँदा घरको मुल ढोका खुल्लै देखिन् र हत्तारिदै कोठा भित्र छिर्छिन। बेडरूममा उनका श्रीमान् टाउको समाएर आँखाभरी टिलपिल टिलपिल आँसु बनाएर बसिरहेका थिए भने छेउ मै विवाह अगाडि उनले किनिदिएको आफूलाई एकदमै मन पर्ने कुर्ता-सुरुवालको सेट थियो।

उनले त्यो देख्नासाथ 'के भयो र? आज चाडै अफिसबाट आएछौ नि’ भनेर सोधिन्। निधारमा हात राख्दै, सन्चो छैन हो? भनेर सोधिन्। श्रीमान भक्कानिदै 'आजसम्म मैले यस कुरामा कहिल्यै ख्याल गर्न सकेको थिइनँ। मैले कमाएर ल्याइदेकै छु, घरमा सबैथोक परिपूर्ती गरिदिएकै छु, काममा सधैँ व्यस्त हुन्छु त यसमा हाम्रै भलाईको लागि त हो नि' भन्ने सोच्थेँ।

प्लीज मलाई माफ गर बिमला, म ठूलो भ्रममा रहेछु। तिमीलाई विवाहपछि मैले आत्मियता दिएकै रहेनछु भन्ने कुराको अहिले पो मलाई फ्ल्यास ब्याक भइरहेको छ।’

विवाहपछि उनको मुखबाट निस्किएको सायद पहिलो मायालु शब्द थियो अनि पहिलो पटक नयाँ वाक्य सुनेकी हुनाले बिमलाको आँखाले पनि नरोइ सुखै पाएन।

केहीबेर पश्चात बिमलले फ्रिजबाट दुई गिलास चिसो पानी लिएर आउछन् र बिमलाको आँसु रुमालले पुछिदिएर पानी दिँदै आफ्नो छातीमा टसाएर दुवै जाना धेरै बेर रुन्छन्। अनि बिमलासँग पुनः माफी माग्दै आइन्दा यस बारेमा आफू सधै सजग हुने अनि आफ्नो पहिलो प्राथमिकता अबबाट घर परिवार हुने र मात्र अरु काम भन्दै सो कुर्ता सुरुवालको सेट थमाउदै 'हिड आज फिल्म हेर्न जाने, बाबुनानी अनि आमालाई पनि साँझ खाना खान बाहिर लिएर जाने है' भन्यो।

बिमला पनि हर्षित हुँदै कुर्ता-सुरुवाल लगाउन ‘चेन्जिङ रूम’ जान लाग्दा यसो डस्बिनमा हेर्छिन्। तर त्यहाँ उनले पहिला-पहिला डल्लो पारेर फालिएको त्यो सुसाइड नोट देख्दिनन्।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १६:५८
सिफारिस
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP