डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा मागेका छन्।
सोमबार उनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका हुन्।
उनले न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षा गर्न राजीनामा माग गरेको बताएका छन्।
तत्कालै प्रधानन्यायाधीश जबराले राजीनामा नदिएकामा अहिंसात्मक आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत डा. केसीले दिएका छन्।