सर्लाहीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मलंगवा नगरपालिका-४ स्थित नवलपुर सडकखण्डमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठले जानकारी दिए।
शनिबार बिहान पौने १० बजे ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यामिक विद्यालयको स्कुलले विपरीत दिशाबाट आइरहेको बिआर ०६ पिबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा कविलासी नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको हो। प्रादेशिक अस्पताल मलंगवा पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै सोही मोटरसाइकल पछाडि सवार दुई जना घाइतेको उपचार जारी छ।
१७ वर्षीया सबनम गुप्ता र १७ वर्षीया पुजाकुमारी महतोको थप उपचारको लागि वीरगन्ज पठाइएको छ। बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, १३:१९:५०