कुनै बेला काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रलीबस सरर गुड्थ्यो।
हिजोआज काठमाडौंका सडकमा बिजुली बसको नाममा ब्याट्रीबाट चल्ने बस चढ्ने युवाहरूलाई कुनै बेला यही बाटोमा तारमै जडित विद्युतीय बस सरर गुड्थ्यो भन्दा कथा जस्तो लाग्न सक्छ।
काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था कार्यालयको पछाडिपट्टि यो कथाको केही अंशहरू अझै पनि जीवित देख्न सकिन्छ।
सशस्त्र प्रहरीको एउटा टुकडीले सुरक्षा दिएर राखेको यो क्षेत्रमा पुग्दा यी कथाहरू तस्बिरमा कैद गर्नसमेत रोकतोक भयो। सशस्त्र प्रहरी बलका अधिकारीहरूलाई प्रहरी क्याम्प नदेख्ने गरी ट्रलीबसको मात्रै तस्बिर लिन अनुरोध गरेपछि केही ट्रलीबसका वर्तमान कथाहरू कैद गरेर यहाँ प्रस्तुत गरेका छौं।
काठमाडौँ महानगरको एउटा प्रहरी टोली र त्यसपछि सशस्त्र प्रहरीबलको क्याम्प रहेको यहाँ भित्र छिरेपछि मात्र ट्रलीबसका अवशेषहरू देख्न सकिन्छ।
त्यहाँ रहेका ट्रलीबस अनि ट्रलीबस गुड्ने तारहरू र केही पुराना पोलहरू छरपस्ट छन्।
सशस्त्र प्रहरीले घेरेर राखेको क्याम्पभित्र रहेका केही बसहरू सकुशल नै छन् कि जस्तो पनि देखिन्छ तर यो बेवारिसे सार्वजनिक सम्पत्तिको फोटो खिच्ने अनुमती सितिमिति मिल्दैन।
पछाडिपट्टि कुनै बेला यातायात व्यवस्था विभागले मोटरसाइकलको ट्रायल परीक्षा लिने ठाउँनजिकै एउटा ट्रलीबसमा लेखेको छ– ‘म नै भविष्य हुँ!’
तर यसको भविष्य होइन, अस्थिपञ्जर मात्र बाँकी रहेको देख्न सकिन्छ।
कुहिएर गल्न नसक्ने फलामका सामग्रीहरू र ट्रली बसको आकारप्रकार मात्र यहाँ अस्तित्वमा रहेको छ।
भक्तपुरको सूर्य विनायकदेखि काठमाडौंको त्रिपुरेश्वरसम्म चल्ने यो बस सेवा २०३२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो।
चीन सरकारको सहयोगमा सञ्चालित बस सेवा राजनीतिक खिचातानीका कारण २०६६ देखि पूर्णरूपमा बन्द भएको हो।
सूर्यविनायकदेखि कलंकीसम्म मात्र नभई पूरै चक्रपथमा गुड्ने उद्देश्यसहित सञ्चालनमा आएको यो बस सेवा आज कहीँ कतै सुन्न पाइने कथा बनेको छ।
मेटिँदै गरेको कथाको केही अंश तस्बिरमा
-1700318719.jpg?timestamp=1700381675912)
-1700318726.jpg?timestamp=1700319641279)
-1700318726.jpg?timestamp=1700319641279)
-1700318726.jpg?timestamp=1700319641279)
-1700318725.jpg?timestamp=1700319641279)
-1700318725.jpg?timestamp=1700319641279)
-1700318725.jpg?timestamp=1700319641279)
-1700318725.jpg?timestamp=1700319641279)
-1700318724.jpg?timestamp=1700319641279)
-1700318724.jpg?timestamp=1700319641279)
-1700318723.jpg?timestamp=1700319641279)
-1700318723.jpg?timestamp=1700319641259)
-1700318722.jpg?timestamp=1700319641259)
-1700318722.jpg?timestamp=1700319641259)
-1700318722.jpg?timestamp=1700319641259)
-1700318721.jpg?timestamp=1700319641259)
-1700318721.jpg?timestamp=1700319641259)
-1700318721.jpg?timestamp=1700319641259)
-1700318721.jpg?timestamp=1700319641259)
-1700318720.jpg?timestamp=1700319641259)
-1700318720.jpg?timestamp=1700319641259)
-1700318719.jpg?timestamp=1700319641259)
-1700318719.jpg?timestamp=1700319641259)
-1700318719.jpg?timestamp=1700319641259)
-1700318719.jpg?timestamp=1700319641259)
-1700318718.jpg?timestamp=1700319641259)
-1700318718.jpg?timestamp=1700319674291)