कुमारी बैंक लिमिटेडले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन विभिन्न योजनाहरु ल्याएको छ।
यस योजनाअन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ ग्राहकहरुले कुमारी स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी फाइदा लिनसक्ने छन्।
सयमा सय योजनामा ग्राहकले कुमारी मोबाईल बैंकिङबाट पहिलो सय रुपैयाँको टपअप गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्छन्।
स्क्यान एन्ड पे योजनाअन्तर्गत कुमारी मोबाईल बैंकिङ प्रयोग गरी विभिन्न पसल तथा रेस्टुरामा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक सयसम्म क्यासब्याक प्राप्त गर्नेछन्।
यो योजना फाल्गुन १७ गतेसम्मका लागि लागू हुनेछ।
कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै, पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न सकिन्छ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा संजाल, १११ एटिएम ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ सेवा दिदैं आएको छ।