हिमालयन बैंकले १२ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ।
माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बैंकले २७औँ वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभाले लाभांससहित संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंकको अधिकृत पूँजी वृद्धि गरी १२ अर्ब गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी गराउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने बताएको छ।
साधारण सभा तथा लाभांश वितरणको लागि भन्दै बैंकले माघ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। माघ १२ गतेसम्म शेयर धनि रहेका लगानीकर्ताले मात्रै बैंकको लाभांस प्रप्त गर्नेछन्।