एनआइसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
बैंकले हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकलाई अनुरोध गर्दै पत्राचार गरेको जानकारी नेप्से मार्फत सार्वजनिक गरेको छ।
बैंकको १४ अर्ब ९१ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ। यस अनुसार बैंकले सात अर्ब ४५ करोड रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ।
हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ३६ करोड रूपैयाँ पुग्नेछ।
हकप्रदको सूचना बाहिरीएसँगै बजारमा बैंकको मूल्य ६.८३ प्रतिशतले बढेर तीन सय ४७ रूपैयाँ पुगेको छ।
