मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि ७ वटै प्रदेशलाई ५/५ लाख रुपैंया दिएको छ।
६ वटै प्रदेशमा रकम दिइसकेको मेगा बैंकले बुधबार प्रदेश नम्बर ५ लाई पनि सहयोग गरेको हो।
मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक दिएका हुन्।
मेगा बैंक संचालक समितिले गरेको निर्णयअनुसार कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५/५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो।
यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ।