दसैं, तिहार र छठलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत बम्पर उपहारमा एक जना विजेताले टिभिएस अपाचे आरटिआर मोटरसाइकल जित्न सक्ने इसेवाले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।
त्यस्तै एक हजारभन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ। यो अवधिमा इसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरी विजेता घोषणा गरिने बताइएको छ।
विजेताहरू हरेक हप्ता सार्वजनिक गरिने र योजनाको अन्तिममा एक जना 'भाग्यशाली' विजेता छनोट गरिने कम्पनीले बताएको छ।
यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेन नेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापु जस्ता ब्राण्डसँग सहकार्य गरेको छ।