सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस प्राली बानेश्वरबीच बैंकका ग्राहकलाई सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ।
सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकले एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेसमा सेवा लिँदा विशेष छुट पाउँने बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिइरहेको छ।