मेगा बैंक नेपाल र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ ।
नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो ।
डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम हो।
मेगा बैंकले हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।
मेगा बैंकका डिजिटल एण्ड इबैंकिङ विभाग प्रमुख विश्व सिंहका अनुसार नागरिक एपको प्रयोग गरेर सजिलै खाता खोल्न सकिन्छ।
साथै, उक्त एपबाट मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै पाउन सक्छन्।