सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको सुबिधालाई ध्यानमा राख्दै मोबाईल बैंकिङ एप सेञ्चुरी पेबाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ।
यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाईल बैंकिङ एपमा थप गरिएको छ। यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन्।
आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाईल बैंकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बैंकले जानकारी दिएको छ।
यसका साथै मोबाईल बैकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक रेमिट्यान्स कार्य गर्न सकिनेछ।
साथै यस सुविधा अन्तर्गत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन्।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरुबाट कारोबार सञ्चालन गरिरहेको छ।