महालक्ष्मी विकास बैंकले जेठ ७ गते (आइतबार) देखि २९औं वर्षमा प्रवेश गरेको छ।
यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू, रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्याली, केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३, दोस्रा श्रृंखला लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
त्यस्तै, शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरूको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरूका (आठ वटा) विभिन्न स्थानहरूमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरूको सहभागितामा शनिबार वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।
त्यसैगरी, वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोस्रो श्रृंखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३, श्रृंखला २) १६ टिमको सहभागितामा बैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ।
बैंकले देशभर रहेका शाखामार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम गरेको थियो।