सिद्धार्थ बैंकले नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा एन–ट्याग सेवा सञ्चालनमा ल्याएको छ।
सडक बोर्ड नेपालको सहकार्यमा सुरू गरिएको यो सेवाबाट अब सवारी चालकले टोल बुथमा नरोकीकनै टोल शुल्क तिर्न सक्नेछन्।
यो सेवा निजी तथा व्यावसायिक चारपांग्रे सवारीसाधनका लागि उपलब्ध हुनेछ।
सवारीसाधनको अगाडिको सिसामा विद्युतीय स्टिकर टाँसेपछि टोल बुथमा पुग्दा टोल शुल्क स्वतः कट्टा हुनेछ।
यस सेवाले टोल बुथमा लामो समय लाइन बस्नुपर्ने समस्या हटाउने र समय तथा इन्धन बचत गर्ने बैंकले जनाएको छ।
एन–ट्याग लिन चाहनेले सडक बोर्ड नेपालको वेबसाइटमा गएर अनलाइन आवेदन दिनुपर्नेछ।
त्यसपछि नजिकैको सिद्धार्थ बैंक शाखाबाट स्टिकर लिन सकिनेछ। स्टिकर लिएपछि सडक बोर्डको पोर्टलमा गएर सेवा सक्रिय गर्नुपर्ने हुन्छ।
एन–ट्याग लिन चाहनेले सडक बोर्ड नेपालको वेबसाइटमा गएर अनलाइन आवेदन दिनुपर्नेछ।
त्यसपछि नजिकैको सिद्धार्थ बैंक शाखाबाट स्टिकर लिन सकिनेछ।
स्टिकर लिएपछि सडक बोर्डको पोर्टलमा गएर सेवा सक्रिय गर्नुपर्ने हुन्छ।
एउटा एन–ट्याग एउटा सवारीसाधनमा मात्र प्रयोग गर्न पाइनेछ।
टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त रकम रहेको सुनिश्चित गर्नुपर्नेछ।