नेप्से परिसूचक बढ्ने क्रमले साेमबार पनि निरन्तरता पाएकाे छ। सेयर बजार लगातार बढेर बन्द भएकाे आज पाँचाै दिन हाे।
गत मंगलबारदेखि बढ्ने क्रममा रहेकाे सेयर बजारकाे गतिले साेमबार पनि निरन्तरता पाएकाे छ।
सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ।
सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २७ करोड ४ लाख ८७ लाख ४ हजार ७२६ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७२ वटा धितोपत्रको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस दिन उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १ हजार २४२ रुपैयाँ २० पैसा पुगेको छ।
यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७.१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६ हजार ७०० रुपैयाँ पुगेको छ।
यसैगरी, ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८९ रुपैयाँमा झरेको छ।
त्यस्तै, नयाँ सारथी लघुवित्तको सेयर मूल्य ३.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५७२ रुपैयाँ २० पैसामा सीमित रहेको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४१६ रुपैयाँ ३० पैसामा ७ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको २८४ रुपैयाँमा ६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।