मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले 'अरोगिन हेल्थ केयर'मा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हेल्थ केयरका विभिन्न सेवा सुविधाहरूमा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
उक्त हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाहलगायतका सेवा प्रदान गर्दै आइरहेको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०, ११:४१:१९