शुक्रबार नेप्से परिसूचक घटेको छ।
नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ४ अर्ब ४० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४४ वटा धितोपत्रको एक करोड २२ हजार ७६५ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
सर्वोत्तम पेन्ट्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७९७ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १३.८६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४५ रूपैयाँ ९० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा धैलागिरी लघुवित्त रहेको छ।
उक्त कम्पनीको मूल्य ५.२६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २७ रूपैयाँमा झरेको छ
यसैगरी, लक्ष्मी भ्यालु फण्ड २ को मूल्य ५.२२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८ पैसामा सीमित भएको छ।
शुक्रबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको दुई हजार ७७५ रूपैयाँमा २६ करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ६८६ रूपैयाँमा २४ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले घटेको छ।