सर्वोत्तोम पेन्ट्स इन्डस्ट्रिज ले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश दिने भएको छ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
हालै सेयर बजारमा सूचीकृत यस कम्पनीको पछिल्लो समय प्रतिकित्ता १३९० मा सेयर कारोबार भइरहेको छ।
हाल यसको चुक्तापुजी ३४ करोड रुपैयाँ रहेको छ। बोनस सेयर दिएसँगै यसको चुक्तापुजी ३७ करोड ४० लाख हुनेछ।
कम्पनीको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्न बाँकी छ।