अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ नगद लाभांश दिने भएको छ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
हाल सेयर बजारमा यस कम्पनीको प्रतिकित्ता २६४ मा सेयर कारोबार भइरहेको छ।
कम्पनीको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्न बाँकी छ।
असोज १२ गतेसम्म कम्पनीको सेयर हुने वा किन्नेले यसले दिने लाभांश पाउँनेछ।
कम्पनीले असोज १३ गते बुक क्लोज मिति तोकेको छ।