डेपुटी गभर्नर किरण पण्डितले अब फिनटेक कम्पनीहरूको नियामक निकायसँग सहज पहुँच पुग्ने बताएका छन्।
पण्डितले भने, 'हामीले अहिले इनोभेसन हब बनाएका छौं, त्यहाँ साना फिनटेक कम्पनीहरूले समेत आइडिया पिच गर्न सक्नेछन्।'
नेपाल फिनटेक अलायन्सले आज(शुक्रबार)बाट सुरू गरेको फिनटेक प्रदर्शनीको दोस्रो श्रृखंलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
राष्ट्र बैंकले डिजिटल फाइनान्सिङ हब बनाइरहेको र अबका दिनमा हरेक वर्ष 'रेगुलेटर फिनटेक सोकेस' समेत आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
उनले डिजिटल कारोबार र फिनटेक कम्पनीहरूको नियमन गर्न राष्ट्र बैंकबाहेक अन्य संस्थाले समेत ओभरसाइट एजेन्सीको रूपमा काम गर्न सक्ने व्यवस्थामा जोड दिए।
वित्तीय प्रविधि व्यवसायीहरूको संस्था फिनटेक एलायन्स नेपालले असोज २३ देखि २५ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा नेपाल फिनटेक प्रदर्शनी आयोजना चल्ने भएको छ।
प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा, डिजिटल बैंकिङ, वित्तीय प्रविधि तथा कृत्रिम बुद्धिमत्तामा आधारित सेवासहितका प्रविधि प्रदर्शन भइरहेको हो।