सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ४ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५४ वटा धितोपत्रको एक करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्।
धौलागिरी लघुवित्तको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २५९ रूपैयाँ पुगेको छ।
यस्तै, स्नो रिभर्सको मूल्य १३.९२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९९० रूपैयाँ कायम भएको छ।
यसदिन रिज लाइफ इनर्जीको मूल्य सर्वाधिक ६.२९ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६२६ रूपैयाँ पुगेको छ।
यसैगरी, टक्सार पिखुवा खोला हाइड्रोपावरको मूल्य ५.४२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५४ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २३६ रूपैयाँ २० पैसामा २५ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ। उक्त कम्पनीको २९१ रूपैयाँ ९० पैसामा १९ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ।