माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साथै सो बैठकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २० गते साधारण सभा गर्ने निर्णय पनि गरेको छ।
आम्रपालि ब्यांक्वेट काठमाडौंमा बिहान साढे १० बजे सुरू हुनेछ।
कम्पनीको १३ औं वार्षिक साधारण सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ५ जना सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते (एक दिन) बुकक्लोज गर्ने भएको छ।
कात्तिक ९ गतेसम्मका कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।