मंगलबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार ४ अर्ब ४६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५१ वटा धितोपत्रको एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्।
सगरमाथा जलविद्युतको मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४४३ रूपैयाँ पुगेको छ।
यस्तै, नेपाल लाइफ समृद्धि लगानी योजनाको मूल्य ४.६२ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २८ पैसा कायम भएको छ।
यसदिन स्नो रिभर्सको मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४९ रूपैयाँ ४० पैसा पुगेको छ।
यसैगरी, धौलागिरी लघुवित्तको मूल्य १२.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ९७ रूपैयाँमा सीमित भएको छ।
मंगलबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३०१ रूपैयाँमा ३६ करोड ४७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको ६६३ रूपैयाँमा २५ करोड ९७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ।
यसमध्ये जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ।