फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तले ११.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।