विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १८ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभाको अन्य प्रस्तावमा शतप्रतिशत हकप्रद निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने रहेको छ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले कात्तिक १० गते (एक दिन) बुक क्लोज गर्ने भएको छ।
कात्तिक ९ गतेसम्मका कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।