लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
हाल सिइओ रहेका अजय विक्रम शाहको दोस्रो कार्यकाल पुरा भएसँगै बैंकले भट्टराईलाई सिइओमा नियुक्त गरेको हो।
भट्टराई यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
भट्टराईको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ। उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।
उनीसँग बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव छ।
उनले नेपाल इन्डोस्विज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) र कुमारी बैंकमा काम गरिसकेका थिए।