बुधबार पनि नेप्से परिसूचक बढेको छ।
नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ४ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५४ वटा धितोपत्रको एक करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।
१०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार ५०० रूपैयाँ पुगेको छ।
यस्तै, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेन्चर २०९० को मूल्य ८.१८ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १९० रूपैयाँ कायम भएको छ।
यसदिन सगरमाथा जलविद्युतको मूल्य सर्वाधिक ६.३२ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४१५ रूपैयाँ पुगेको छ।
यसैगरी, एभरेस्ट कलरको मूल्य ४.९५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १९० रूपैयाँमा सीमित भएको छ।
बुधबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २४१ रूपैयाँ ६० पैसामा २६ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ। उक्त कम्पनीको २९४ रूपैयाँमा २१ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशतले बढेको छ।